लेवनानलाई हराउँदै नेपाल फाइनलमा
काठमाडाैं | फागुन १५, २०८०
काठमाडौं: पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले लेवनानलाई २-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल गर्दै फाइनल प्रवेश गरेको हो । नेपालले ७६ औं मिनेटमा सावित्रा भण्डारी साम्बाले बराबरी गोल फर्काएकी थिइन् ।
नेपालले ३८औं मिनेटमा नेपालले खेलमा गोल खान पुगेको थियो । पूजा रानाले गोलकिपर एन्जिलाको लागि खेलेको ब्याकपास उनिभन्दा धेरै टाढा रहेपछि बल सिधै पोस्टमा गएको थियो ।
प्रिती राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।
नेपालले फाइनलमा जोर्डनको सामना गर्नेछ । जोर्डन पहिलो सेमिफाइनलमा प्यालेस्टाइन माथि ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

